Kathmandu Press

किष्ट अस्पतालमा उपचाररत गर्भवतीसहित चार जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, असार २५ :  ललितपुरको ग्वार्कोमा रहेको किष्ट अस्पतालमा उपचाररत एक जना गर्भवतीसहित

किष्ट अस्पतालमा उपचाररत गर्भवतीसहित चार जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, असार २५ :  ललितपुरको ग्वार्कोमा रहेको किष्ट अस्पतालमा उपचाररत एक जना गर्भवतीसहित चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा किष्ट अस्पतालमा उपचारका लागि भर्ना भएकी एक गर्भवतीसहित चार जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

अस्पतालका चिफ अपरेटिङ अफिसर डा. अमिस पाठकका अनुसार संक्रमण देखिएकाहरु २९ वर्षीय गर्भवती महिला, ११ वर्षीय बालक, ६५ वर्षीय पुरूष र  ६६ वर्षीया महिला रहेका छन्। 

संक्रमितमध्ये तीन जना कोरोनाको लक्षण देखिएर आइसोलेसनमा भर्ना भएका बिरामी हुन्।  कोरोनाको संक्रमण पुष्टि भएपछि उनीहरुलाई पाटन अस्पताल पठाउने तयारी भइरहेको छ। 

प्रकाशित मिति: १५:१७ बजे, बिहीबार, असार २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्