भारतले पठाएको थियो वार्तामा नबस्ने मनासयसहितको कूटनीतिक नोट
काठमाडाैं, असार २५ : सीमा विवाद सुल्झाउन नेपाल सरकारले वार्ताको आह्वान गर्दै तीन पटक पठाएको कू

काठमाडाैं, असार २५ : सीमा विवाद सुल्झाउन नेपाल सरकारले वार्ताको आह्वान गर्दै तीन पटक पठाएको कूटनीतिक पत्रलाई भारतले बेवास्ता गरेको छ।
नेपाल-भारत सीमा विवाद सुल्झाउन भइरहेको प्रगतिबारे छलफल गर्न बसेको संसदीय समितिमा यो कुराको खुलासा भएको हो। बिहीबार राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा भारतले गरेको बेवास्ताबारे परराष्ट्र मन्त्रालयले जानकारी गराएको हो।
बैठकमा सीमा विवाद समाधानका लागि नेपालले तीन वटा औपचारिक पत्र पठाएको र भारत सरकारले असार १० गते कूटनीतिक पत्र पठाउँदै असहमति जनाएको कुरा परराष्ट्र मन्त्रालयले जानकारी दिएको समिति सभापति रामनारायण विडारीले बताए।
'नेपालले नयाँ नक्सा जारी गरेपछि गत असार १० गते कूटनीतिक नोट पठाउँदै भारतले विरोध गरेको रहेछ। त्यसबाहेक नेपालले पठाएका तीन वटा पत्रलाई बेवास्ता गरेको पाइयो,'विडारीले भने।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले गत नोभेम्बरमा मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालले विरोध जनाउँदै सीमा विवाद समाधानका लागि औपचारिक पत्र पठाइरहेको छ। भारतले वार्तामा बस्न नमानेपछि गत जेठ २७ गते नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको थियो।




-1792226847.jpeg)






-1792226847.jpeg)