Kathmandu Press

सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढी : दुई जनाको मृत्यु, १४ बेपत्ता (अपडेट)

सिन्धुपाल्चोक, असार २५ : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ जम्बुमा आएको बाढीमा परेर दुई जनाको मृ

सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढी : दुई जनाको मृत्यु, १४ बेपत्ता (अपडेट)
रासस

सिन्धुपाल्चोक, असार २५ : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ जम्बुमा आएको बाढीमा परेर दुई जनाको मृत्यु भएको छ। बाढीमा परी १४ जना बेपता भएका छन्। 

बुधबार राति १२ बजे भोटेकोशीमा आएको बाढीले बाह्रबिसेका १८ घर बगाएको छ। बाढीले घर बगाउँदा बेपत्ता भएका १६ जनामध्ये दुईको शव भेटिएको बाह्रबिसेका मेयर निमफुञ्जो शेर्पाले बताए।

उनका अनुसार २३ वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको शव भेटिएको छ। बेपत्ता भएकाहरूको खोजी भइरहेको मेयर शेर्पाले बताए।

बाढीले बगाउँदा तीन जना घाइते भएको प्रदेश ३ का डीआईजी बसन्त लामाले बताए। उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याउने प्रयास भइरहेको उनले बताए।

बाढीमा हराएका स्थानीय वासिन्दाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीसँगै स्थानीय वासिन्दा खटिइरहेका छन्। पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको जनाएको छ।

बाढीले अरनिको राजमार्गको ड्याम बगाएकाे छ। त्यस्तै, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनि, बाह्रबिसे इलाका प्रहरी कार्यालयकाे छउको भाग र खाग्दलदेखि जम्बु बजारसम्मको सडक–पुल बाढीले बगाएकाे स्थानीयबासीले बताएका छन्।

 

प्रकाशित मिति: ०९:५८ बजे, बिहीबार, असार २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्