Kathmandu Press

सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण बाढीः १८ जना बेपत्ता, राजमार्गको पक्की पुल बगायो 

काठमाडौं, असार २५ : अविरल बर्षासँगै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा  आएको वाढी, पहिरोमा प

सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण बाढीः १८ जना बेपत्ता, राजमार्गको पक्की पुल बगायो 

काठमाडौं, असार २५ : अविरल बर्षासँगै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा  आएको वाढी, पहिरोमा परी १८ जना बेपत्ता भएका छन् । भने दुई जनाको शव फेला परेको छ।

बुधबार राती ११ बजेतीर बाह्रबिसे इलाका प्रहरी कार्यालय नजिकै आएको वाढीले दर्जन वढी घर बगाएपनि नजिकै सैनिक क्याम्प भएकाले उनीहरुको तत्कालै उद्धार गरिएकाले मानवीय क्षति भने नभएको बाह्रबिसे नगरपालिकाका कर्मचारी सुनील थापाले काठमाडौं प्रेसलाई जानकारी दिए ।

वाढीले खाटचौर भन्ने स्थानमा राजमार्गमै रहेको पक्की पुल समेत बगाएको छ । राजमार्गको पक्की पुल नै वाढीले बगाएपछि यातायात सेवा समेत ठप्प भएको छ ।

यस्तै, बाह्रबिसे  न.पा .५ जम्बु भन्ने ठाउँमा आएको पहिरोले केहि घर बगाउँदा १८ जना बेपत्ता भएका छन् भने २ जनाको शव फेला परेको छ । राजमार्गकै सडकहरुमा समेत वाढीले क्षति पुर्‍याएपछि उद्धार कार्यमा समेत कठिनाई भएको छ ।

यद्यपी, उद्धार कार्यमा सुरक्षाकर्मी खटिरहेको छ । सडक सञ्जालमा समेत क्षति पुगेपछि उद्धार गरिएका ४ जनालाई स्थानीय स्वास्थ्य चौकीमा लगिदै गरिएको थापाले जानकारी दिए । 
 

प्रकाशित मिति: ०८:०३ बजे, बिहीबार, असार २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्