Kathmandu Press

समाजवादी पार्टीबाट सरिता गिरी निष्कासित, सांसद पद पनि गयो

काठमाडौं, असार २३ : समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी न

समाजवादी पार्टीबाट सरिता गिरी निष्कासित, सांसद पद पनि गयो

काठमाडौं, असार २३ : समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ। 

मंगलबार बसेको पार्टी पदाधिकारीको बैठकले नेतृ गिरीलाई पार्टीकाे सदस्य र सांसद पदबाट हटाउने निर्णय गरेको हो। यसअघि महासचिव रामसहायप्रसाद यादव नेतृत्वको कार्यदलले सांसद गिरीलाई सांसद र पार्टीबाट निष्काशन गर्न सिफारिस गरेको थियो।

कार्यदलको सिफारिसकै आधारमा गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए। पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेसँगै नेतृ गिरीको सांसद पद पनि गएको छ।

सांसद गिरी लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नेपालको नक्सासहितको निसान छाप परिवर्तन गर्न गरिएको संविधान संशोधन गर्न गत जेठ २७ मा संसदमा भएको मतदानमा सांसद गिरी पार्टीको ह्वीपविपरीत सहभागी भएकी थिइनन्। नेपालको नक्सासहितको निसान छापका लागि भएको मतदानमा संशोधनका पक्षमा पार्टीले मतदान गर्न ह्वीप जारी गरेपछि बैठक चलिरहँदा सांसद गिरी बैठक छोडेर बाहिरिएकी थिइन्।

समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा इस्तियाक राई र सुशीला श्रेष्ठ रहेको कार्यदल बनाएको थियो।
 

प्रकाशित मिति: १७:०० बजे, मंगलबार, असार २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्