Kathmandu Press

सांसद सरिता गिरीलाई कारवाही गर्न कार्यदलको सिफारिस 

काठमाडौं, असार २३ : समाजवादी पार्टीले बनाएको कार्यदलले सांसद सरिता गिरीलाई कारवाही गर्न सिफारिस

सांसद सरिता गिरीलाई कारवाही गर्न कार्यदलको सिफारिस 

काठमाडौं, असार २३ : समाजवादी पार्टीले बनाएको कार्यदलले सांसद सरिता गिरीलाई कारवाही गर्न सिफारिस गरेको छ। 

पार्टी ह्वीप उल्लंघन गरेकाले सांसद गिरीलाई कारवाही गर्न कार्यदलले पार्टीलाई सिफारिस गरेको हो।  कार्यदलका सदस्य सांसद मोहम्मद इस्तियाक राईले सांसद गिरीलाई सांसद र पार्टी दुवैबाट निष्काशन गर्न सिफारिस गरिएको जानकारी दिए।

सांसद गिरी लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नेपालको नक्सासहितको निसान छाप परिवर्तन गर्न गरिएको संविधान संशोधन गर्न गत जेठ २७ मा संसदमा भएको मतदानमा सांसद गिरी पार्टीको ह्वीपविपरीत सहभागी भएकी थिइनन्।

नेपालको नक्सासहितको निसान छापका लागि भएको मतदानमा संशोधनका पक्षमा पार्टीले मतदान गर्न ह्वीप जारी गरेपछि बैठक चलिरहँदा सांसद गिरी बैठक छोडेर बाहिरिएकी थिइन्।

समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा इस्तियाक राई र सुशीला श्रेष्ठ रहेको कार्यदल बनाएको थियो।
 

प्रकाशित मिति: १५:४१ बजे, मंगलबार, असार २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्