Kathmandu Press

पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवकमा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, असार २३ : ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना भाइरसको स

पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवकमा कोरोनाको संक्रमण पुष्टि
फाइल

काठमाडौं, असार २३ : ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

उपचारका क्रममा मृत्यु भएका गोरखाको भीमसेनथापा गाउँपालिका–२, तान्द्राङका २६ वर्षीय युवकमा कोरोनाको संक्रमण पुष्टि भएको हो। ती युवकको सोमबार उपचारका क्रममा मृत्यु भएको र कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए।

घरमै झुण्डिएर आत्महत्या गर्न लागेको बेला परिवारले देखेपछि डोरी काटेर उपचारका लागि सुरुमा स्थानीय अस्पताल पुर्‍याएका थिए। तर, त्यहाँ उपचार सम्भव नभएपछि स्थानीय अस्पतालले पाटन अस्पताल रिफर गरेको थियो। 

पाटन अस्पतालमा ल्याइएका उनको सोमबार साँझ नै मृत्यु भएको थियो। 

प्रकाशित मिति: १३:३३ बजे, मंगलबार, असार २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्