नेकपा स्थायी कमिटी बैठक स्थगित, असार २४ गते बस्ने
काठमाडौं, असार २२ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ।

काठमाडौं, असार २२ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ।
नेकपाको आन्तरिक विवादका कारण स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ। आज पनि बैठक नबसेरै स्थगित भएको हो। स्थायी कमिटीको अर्को बैठक असार २४ गते बस्ने नेकपाले जनाएको छ। यसअघि यही असार २० गते बोलाइएको बैठक पनि स्थगित भएको थियो।
नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समीक्षा, अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) संविधान संशोधनलगायतका विषयमा छलफल गर्नका लागि यही असार १० गतेदेखि जारी रहेको छ।
बैठक स्थगित गरेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्नका लागि बालुवाटार पुगेका छन्। दुवै अध्यक्षबीच विवाद समाधानका लागि छलफलल हुने जनाएको छ।
प्रधानमन्त्री ओलीको राजीनामाको विषयलाई लिएर नेकपाको विवाद उत्कर्षमा पुगेको छ। प्रचण्ड र माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजीनामा दिन लगाउने तयारी गरिरहेका छन भने प्रधानमन्त्री ओली दुवै पद नछाड्ने अडानमा छन्। जसले गर्दा नेकपा फुटको संघारमा पुगेको छ।
नेकपालाई विभाजनबाट जोगाउन विभिन्न चरणमा छलफल चलिरहेका छन्। यहि क्रममा आज स्थायी कमिटी बैठक स्थगित गरेर दुवै अध्यक्ष छलफलमा जुटेका छन्।











