Kathmandu Press

ओली-प्रचण्ड वार्ता: विवाद समाधानको उपाय खोज्ने सहमति!

काठमाडौं, असार २१  : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त

ओली-प्रचण्ड वार्ता: विवाद समाधानको उपाय खोज्ने सहमति!

काठमाडौं, असार २१  : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद समाधानका विषयमा छलफल भएको छ। 

प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफल अध्यक्षद्वय ओली र प्रचण्डबीच पार्टीभित्र देखिएको विवाद समाधानको उपाय खोज्न छलफल जारी राख्ने सहमति भएको हो। दुई अध्यक्षबीच पार्टीभित्रको विवादलाई थप अघि बढ्न नदिने समाधानका उपाय खोज्ने सहमति पनि भएको छ। 

सोमबार बिहान बस्ने स्थायी कमिटीअघि दुई अध्यक्षबीच थप छलफल हुनेछ। पार्टी एकतालाई जोगाएर विवाद अन्त्यका लागि सहमति खोज्न अध्यद्वय ओली र प्रचण्डले दोस्रो तहका नेताहरु महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनलाई जिम्मेवारी दिएका छन्। 

चार नेताहरु बसेर विवाद समाधानको उपाय खोजेपछि दुई अध्यक्षबीच फेरि थप छलफल हुनेछ।  आइतबार दुई अध्यक्षबीच भएको छलफल सकारात्मक रहेको महासचिव पौडेलले बताए।

उनका अनुसार भोलि बस्ने स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच पुनः छलफल हुनेछ। अध्यक्षद्वयबीचको छलफलमा ओलीनिकट नेताहरु सचिवालय सदस्य ईश्वर पोखेरल, महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेल तथा प्रचण्डनिकट नेताहरु जनार्दन शर्मा र वर्षमान पुन सहभागी थिए।

प्रधानमन्त्री ओलीको कार्यशैली र राजीनामाको विषयलाई लिएर नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ। स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल लगायत अधिकांश स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवादले उग्र रुप लिएको हो। 

प्रधानमन्त्री ओलीले भने आफूले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद कुनै हालतमा नछोड्ने बरु आइपर्ने सबै चुनौतीको सामना गर्ने बताउँदै आएका छन्। विवाद चर्किदै गएपछि पार्टी विभाजनको संघारमा पुग्न थालेको कतिपय नेताहरुले बताएका छन्। 

तर, पार्टीलाई विभाजन हुनबाट रोक्न दोस्रो तहका नेताहरु सक्रिय पनि भएका छन्। स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीलाई फुटबाट जोगाउन आफूहरु लागिपरेको बताएका छन्। उनले पार्टी कुनै पनि हालतमा नफुट्ने र आन्तरिक समस्या सहमतिमै हल गर्ने बताए। 

आइतबार दुई अध्यक्षबीचको छलफलमा पनि नेता शर्माले पार्टीलाई विभाजनबाट रोक्न दुई अध्यक्ष मिलेरै अघि बढ्नु पर्नेमा जोड दिएका थिए। 
 

प्रकाशित मिति: १६:०० बजे, आइतबार, असार २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्