Kathmandu Press

मेलम्ची खानेपानी आयोजनाको सुरूङ मार्ग परीक्षण, खोलाको पानी डाइभर्ट 

काठमाडौं, असार २१ : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरूङमार्गको परीक्षण सुरु भएको छ। आइतबार

मेलम्ची खानेपानी आयोजनाको सुरूङ मार्ग परीक्षण, खोलाको पानी डाइभर्ट 

काठमाडौं, असार २१ : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरूङमार्गको परीक्षण सुरु भएको छ। आइतबार बिहानदेखि सुरुङमार्गको परीक्षण सुरु गरिएको हो। 

आयोजना प्रमुख तिरेसप्रसाद खत्रीका अनुसार कफर ड्याममार्फत मेलम्ची खोलाको पानी सुरूङ तर्फ ड्राइभट गरिएको छ। ‘सुरूङको परीक्षण सुरु भएको छ। दुई महिनासम्म परीक्षण गर्नेछौं,’ उनले भने।

जिरो चेनेजबाट ८ सय  मिटर सुरुङमार्ग भरेर अडिट टनेलमार्फत पानी पुनः मेलम्ची खोलामा पठाउन लागिएको र  भोलि सो अडिट टनेल बन्द गरेपछि सुरुङमार्गतिर पानी जाने आयोजनाले जनाएको छ। टनेलका  गेटहरु परीक्षण र संचालन गर्ने अपरेटिङ सिस्टम तयार भएसँगै सुरुङमार्गको परीक्षण सुरु गरिएको हो। 

हाल कफर ड्याममार्फत सुरूङ परीक्षण गरिएको छ। तर, स्थायी हेडवर्क्स निर्माणका लागि पानी डाइभर्ट गर्न कफर ड्याम बनाइएको थियो। स्थायी हेडवर्क्स निर्माण भने माघसम्ममा सकिने आयोजनाले जनाएको छ। 

इटालियन कम्पनी सिएमसीले आयोजना छोडेर गएपछि सुरूङ फिनिसिङ र हेवर्कस निर्माणको ठेक्का चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले पाएको थियो। किम्पनीले सुरुङमार्ग फिनिसिङ र हेडवर्क्सको निर्माणको दुइवटा ठेक्का पाएको छ। सुरुङमार्ग फिनिसिङ सेप्टेम्बरसम्म र हेडवर्क्स डिसेम्बरसम्म सक्नेगरि ठेक्का पाएको हो। कम्पनीले आफूले पाएको समयावधि पहिले नै संरचना तयार पारेको हो। हेडवर्क्समा कम्पनीले काम गरिरहेको छ। 

पहिलो चरणमा मेलम्ची खोलाको १७ करोड लिटर पानी आउनेछ।

प्रकाशित मिति: ११:३४ बजे, आइतबार, असार २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्