Kathmandu Press

कोरोनाको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु 

काठमाडौं, असार २० : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। 

शन

कोरोनाको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु 

काठमाडौं, असार २० : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। 

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि गरेका हुन्।

उनका अनुसार गोरखाको पालुङटार नगरपालिका– ७ का ४४ वर्षीय पुरुष र रुपन्देहीको देवदह नगरपालिकाका ७५ वर्षीय पुरुषको कोरोनाको संक्रमणबाट मृत्यु भएको हो। गोरखाका ४४ वर्षीय पुरुषको गोरखा अस्पतालमा उपचारका क्रममा शनिबार बिहान र देवदह नगरपालिकाका ७५ वर्षीय पुरुषको गत असार १७ गते मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।

उनका अनुसार असार १७ गते मृत्यु भएका देवदह नगरपालिकाका पुरुषको कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

योसँगै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ। 

प्रकाशित मिति: १६:३९ बजे, शनिबार, असार २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्