Kathmandu Press

मापदण्ड विपरीत सञ्चालित श्री ग्यास उद्योगमाथि कारवाही 

काठमाडौं,वैशाख ४ : नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड विपरीत सञ्चालित श्री ग्यास उद्योग धादिङलाई कारवाही गरेको छ। 

विभागको ट....

मापदण्ड विपरीत सञ्चालित श्री ग्यास उद्योगमाथि कारवाही 
फाइल फोटो

काठमाडौं,वैशाख ४ : नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड विपरीत सञ्चालित श्री ग्यास उद्योग धादिङलाई कारवाही गरेको छ। 

विभागको टोलीले बधुबार निरीक्षणका क्रममा उक्त ग्यास उद्योगले पुरानो भल्ब मर्मत गरेर प्रयोग गरेको, सेफ्टी क्याप नलगाएको, भल्बको लिक टेस्ट नगरेको, हाइड्रो स्टाटिक टेक्स नगरीकन सिलिण्डरको म्याद थप गरेको भन्दै कारवाहीका लागि सिफारिश गरेको हो। 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागको मापदण्ड कार्यान्वयन नगरेकाले तत्कालका लागि ग्यास उत्पादनमा रोक लगाएको जानकारी दिए। “विभागको मापदण्ड पूरा नगरेकाले तत्काल उत्पादनका लागि रोक लगाएका छौँ, आवश्यक सुधार नगरे प्रमाणपत्रसमेत रद्द गर्नेछौँ,” उनले भने। 

विभागले यसअघि पनि मापदण्ड पूरा नगरी सञ्चालन गर्ने विभिन्न किसिमका उद्योगलाई कारवाही गर्दै आएको छ। 

प्रकाशित मिति: १९:३३ बजे, बुधबार, वैशाख ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्