Kathmandu Press

कोरोनाको संक्रमणबाट काठमाडौंका एक वृद्धको मृत्यु 

काठमाडौं, असार १८ : कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा एक वृद्धको मृत्यु भएको छ। 

छ

 कोरोनाको संक्रमणबाट काठमाडौंका एक वृद्धको मृत्यु 

काठमाडौं, असार १८ : कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा एक वृद्धको मृत्यु भएको छ। 

छाती दुखेपछि काठमाडौंको एक निजी अस्पतालमा भर्ना भएका काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय वृद्धको कोरोनाको संक्रमणबाट मृत्यु भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो। 

अस्पताल भर्ना भएका ती वृद्धको आइसोलेसनमा राखेर उपचार गरिरहेका बेला असार १७ गते मृत्यु भएको र उनमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार ती वृद्ध उच्च रक्तचाप र पार्किन्स रोगबाट ग्रसित थिए।   योसँगै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ। 

प्रकाशित मिति: १६:२९ बजे, शुक्रबार, असार १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्