Kathmandu Press

थप ७४० जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो 

काठमाडौं, असार १९ :  नेपालमा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

थप ७४० जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो 

काठमाडौं, असार १९ :  नेपालमा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७४० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १५ हजार २ सय ५९ पुगेको छ। कोरोनाको संक्रमणबाट अहिलेसम्म ३२ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये हालसम्म ६ हजार १ सय ४३ जना निको भएर घर फर्किएका छन्। 

प्रवक्ता गौतमका अनुसार शुक्रबारमात्रै कोरोनालाई जितेर ८२३ जना घर फर्किएका छन्।

प्रकाशित मिति: १६:२० बजे, शुक्रबार, असार १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्