Kathmandu Press

कोरोनाको संक्रमणबाट ४५ दिने शिशुको मृत्यु 

काठमाडौं, असार १८ : कोरोना भाइरसको संक्रमणबाट म्याग्दीका ४५ दिने शिशुको मृत्यु भएको छ। 

कोरोनाको संक्रमणबाट ४५ दिने शिशुको मृत्यु 

काठमाडौं, असार १८ : कोरोना भाइरसको संक्रमणबाट म्याग्दीका ४५ दिने शिशुको मृत्यु भएको छ। 

घाँटीमा समस्या देखिएपछि उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएका शिशुको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिए। 

 घाँटीको शल्यक्रिया गर्दा संकलन गरिएको नमूना परीक्षणबाट मंगलबार ती शिशुमा कोरोनाको संक्रमण पुष्टि भएको थियो।  श्वासप्रश्वासमा समस्या देखिएपछि चिकित्सकले शिशुको सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया गरेका थिए।

योसँगै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ। 
 

प्रकाशित मिति: १३:३८ बजे, बिहीबार, असार १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्