संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं, असार १७ : मन्त्रिपरिषद् बैठकले संघीय संसदको चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सि

काठमाडौं, असार १७ : मन्त्रिपरिषद् बैठकले संघीय संसदको चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठक अघि ओली राष्ट्रपति भेट्न शितल निवास पुगेका थिए। ओलीमाथि पार्टी भित्र राजीनामाको दबाब बढेको छ। पार्टी भित्र बढ्दो दाबाबका बीच राष्ट्रपति विद्यादेवी भण्डारीसँगको परामर्शपछि संसद अघिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय लिएको स्रोतको दाबी छ।
भूमिसुधार मन्त्री पद्मा अर्यालका अनुसार संसद् अधिवेशन आजै बेलुका पाँच बजेदेखि अन्त्य गर्ने निर्णय बैठकले गरेको छ ।
प्रधानमन्त्री ओलीले बिहीबार बिहान राष्ट्रपतिसँग संघीय संसदको वर्षे अधिवेशन अन्त्य गर्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेकाे स्रोतको दाबी छ।










