राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितलनिवासतिर, नेकपा शीर्ष नेताहरु बालुवाटारमा
काठमाडौं, असार १८ : राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवासतिर

काठमाडौं, असार १८ : राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवासतिर लागेका छन्।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली केहीबेर अघि शितलनिवासतिर लागेका हुन्। यस अघि मंगलबार पनि प्रधानमन्त्री ओलीले दुई पटक राष्ट्रपतिलाई भेटेका थिए।
आज बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दै छ। बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष बामदेव गौतम बालुवाटार पुगेका छन्। उनीहरु बालुवाटार पुग्नुअघि नै प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न निस्केको जनाएको छ।
आजै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन्। केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार यो नियमित मन्त्रिपरिषद् बैठक हो। बैठकमा मन्त्रालयगत नियमित एजेन्डाबारे छलफल हुने जनाउको छ।










