क्वारेन्टाइनबाट घर फर्किएपछि मृत्यु भएका पुरुषमा कोरोनाको संक्रमण पुष्टि
धनगढी, असार १६ : अछाममा क्वारेन्टाइनमा बसेर घर फर्किएपछि मृत्यु भएका पुरुषमा कोरोना भाइरसको संक

धनगढी, असार १६ : अछाममा क्वारेन्टाइनमा बसेर घर फर्किएपछि मृत्यु भएका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएपछि मृत्यु भएका रामारोशन गाउँपालिका–५ का ४५ वर्षीय पुरूषमा मंगलबार कोरोनाको संक्रमण पुष्टि भएको हो।
गत जेठ २७ गते भारतबाट अछाम आएर कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेपछि उनलाई घर पठाइएको थियो।
तर, घर फर्किएको पाँच दिनपछि बिरामी भएपछि साँफेबजरस्थित बयालपाटा अस्पतालमा भर्ना गरिएको र उपचारका क्रममा उनको मृत्यु भएको रामारोशन गाउँपालिकाको स्वास्थ्य शाखाका इन्चार्ज प्रभुनाथ देवकोटाले जानकारी दिए।
उनका अनुसार ती पुुरुषको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको थियो। योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ।











