Kathmandu Press

थप ३१६ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, असार १६ : नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलब

थप ३१६ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, असार १६ : नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप  ३१६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १३ हजार ५६४ पुगेको छ। संक्रमितमध्ये हालसम्म ३ हजार १९४ जना निको भएर घर फर्किएका छन्। 

प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर ६० जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:३१ बजे, मंगलबार, असार १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्