Kathmandu Press

प्रचण्डले ओलीलाई भने - प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुस् 

काठमाडौं, असार १६ : नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री तथा अ

प्रचण्डले ओलीलाई भने - प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुस् 

काठमाडौं, असार १६ : नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन्। जारी स्थायी समिति बैठकमा प्रचण्डले ओलीको दुवै पदबाट राजीनामा दिन माग गरेका हुन्। 

आइतबार ओलीले आफुलाई भारत र नेपालका शक्ति मिलेर पदबाट हटाउन खोजेको बताएका थिए। सोही अभिव्यक्तिबारे प्रश्न उठाउँदै प्रचण्डले प्रधानमन्त्री र अध्यक्ष दुवैपदबाट राजीनामा दिन ओलीलाई आग्रह गरेका हुन्। बैठकमा प्रचण्डले राजीनामा दिल्लीले नभई आफूले मागेको स्पष्ट बताएका छन्। ‘यसअघि पनि मैले नै तपाईको राजीनामा मागेको थिएँ। अहिले पनि राजीनामा दिल्लीले होइन मैले मागेको हो।’

पार्टी एकता हुँदा ओली र प्रचण्डबीच आधा–आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति बनेको थियो। तर, बीचमा ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने सहमति बनेको थियो। अहिले भने दुई अध्यक्षबीच चर्को मतभेद छ। सरकारको काम कारवाही र ओलीको पछिल्लो अभिव्यक्तिप्रति रुष्ट हुँदै प्रचण्डले राजीनामा मागेका हुन्। प्रचण्डले ओलीको प्रधानमन्त्रीको दोस्रो कार्यकालमा पहिलो पटक राजीनामा मागेका हुन्।

प्रकाशित मिति: १६:३० बजे, मंगलबार, असार १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्