Kathmandu Press

प्रचण्डसहितका चार शीर्ष नेताको ओलीलाई प्रश्नः तपाईंलाई हटाउन दूतावास सक्रिय भयो कि अरु कोही ?

काठमाडौं, असार १६ : सत्तासीन दल नेकपाको स्थायी समिति बैठकमा शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा

प्रचण्डसहितका चार शीर्ष नेताको ओलीलाई प्रश्नः तपाईंलाई हटाउन दूतावास सक्रिय भयो कि अरु कोही ?

काठमाडौं, असार १६ : सत्तासीन दल नेकपाको स्थायी समिति बैठकमा शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्नैप्रश्न तेर्स्याएका छन्। 

स्थायी समितिको चौथो दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्रीसँग उनको अभिव्यक्तिबारे प्रमाण माग गरेका हुन्। 

बैठकमा उपस्थित एक स्थायी समिति सदस्यका अनुसार चार शीर्ष नेताले भारतले सरकार ढाल्न लागेको अभिव्यक्ति के प्रमाणका आधारमा दिनुभयो? भन्दै प्रश्न गरेका थिए। ‘भारतले सरकार ढाल्न खोज्यो भन्ने अभिव्यक्ति दिएर मात्रै हुँदैन प्रमाण पनि दिनुपर्‍यो। दुतावास सक्रिय भयो वा अरु कोही यसको प्रमाण चाहियो। आधारहिन टिप्पणी किन गर्नुभयो?,’ चार नेताको भनाइ उदृत गर्दै ती स्थायी समिति सदस्यले भने।

आइतबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा ओलीले आफुलाई पदबाट हटाउन भारत र नेपालका शक्ति लागिपरेको बताएका थिए। लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नयाँ नक्सा जारी भएपछि आफुलाई हटाउन खोजिएको ओलीको भनाइ थियो। 

‘नेपालको राष्ट्रियता यती कमजोर छैन। नक्सा छापेका कारण सरकार परिवर्तन हुन्छ भन्ने हिजोको भ्रम अहिले पाल्नु पर्दैन। ‘प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन, तर यतीबेला म हट्ने हो भने फेरि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्नेछैन किनभने भोलिपल्ट बर्खास्त हुन्छ,’ उनले भनेका थिए, ‘दिल्लीका सञ्चारमाध्यमहरु सुन्नुस्, त्यसैले निर्देशन गरिहाल्छ कि कहाँ–कहाँ के–के भइराख्या छ, यहाँका होटलहरुमा भइराख्या गतिविधिहरु, त्यसले पनि बताइराख्या छ, एम्बेसीको सक्रियता, त्यसले पनि बताइराख्या छ। नेपालको राष्ट्रियता यति कमजोर छैन–नक्सा छापेवापत, संविधानमा नक्सा सामेल गरेवापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देख्या छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन।’

प्रकाशित मिति: १५:३५ बजे, मंगलबार, असार १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्