Kathmandu Press

थप ४७६ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १३ हजार नाघ्यो

काठमाडौं, असार १५  : नेपालमा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

थप ४७६ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १३ हजार नाघ्यो

काठमाडौं, असार १५  : नेपालमा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १३ हजार २४८ पुगेको छ। संक्रमितमध्ये हालसम्म ३ हजार १ सय ३४ जना निको भएर घर फर्किएका छन्। 

प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर १ सय २१ जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:२२ बजे, सोमबार, असार १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्