Kathmandu Press

कोरोनाबारे प्रधानमन्त्री ओलीका ८ ‘डिसइन्फरमेसन’

काठमाडौं, असार ५ : बिहीबार राष्ट्रियसभामा बोलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, &lsquo

कोरोनाबारे प्रधानमन्त्री ओलीका ८ ‘डिसइन्फरमेसन’

काठमाडौं, असार ५ : बिहीबार राष्ट्रियसभामा बोलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘हाम्रा भनाइहरू इतिहासमा दर्ज हनुपर्छ। ५५ वर्षको राजनीतिक यात्रामा खोट लगाउने अभिव्यक्ति मैले दिएको छैन।’ 

ओलीले राष्ट्रिय सभाको रोष्टमबाट कुर्चीमा बसेर यस्तो भनिरहँदा सायद उनलाई सुनिरहेका राष्ट्रिय सभाका सदस्यहरुले बोल्न नसकेपछि मनमनै भनेका थिए होलान, ‘यस्तो झुट बोल्ने भनाइको दर्ज चाहिँ तपाईले नै गरिरहनुभएको छ।’

ओलीले बडो विश्वासका साथ कोरोनाको ब्रिफिङ गरिरहँदा उनको प्रत्येक भनाइको तथ्य र तथ्यांक दुवै गलत भएका ट्वीटहरु सामाजिक संजालमा ओहिरिरहेका थिए।

Hardik ivf

समकक्षी नेताहरुभन्दा बढी नै सामाजिक संजाल हेर्ने नेता हुन् प्रधानमन्त्री ओली। सार्वजनिक सूचनाको पनि उनकाे पहुँच बढी नै देखिन्छ। तर भएका सूचनाको गलत प्रयोग वा सही सूचना छान्न सकिएन भने त्यसले मानिसको ज्ञानलाई थप कमजोर बनाउँछ। बेसारले कोरोना निको पार्छ भन्ने शैलीको अभिव्यक्ति आएपछि अधिकांशले ओलीलाई ‘हद क्रस’ गरेकाेरुपमा टिप्पणी गरेका छन्। यसअघि पनि कोरोना महामारी र कोरोना भाइरसबारेमा उनले दिएको अभिव्यक्ति गैरजिम्मेवार र भ्रम फैलाउने खालका थिए। सामाजिक संजाल आफैँ हेर्ने बानी परेका प्रधानमन्त्री ओलीले आफुले गलत सूचना प्रवाह गरेको छु भन्ने त पक्कै थाहा पाएकै होलान्, तर पनि किन त्यही फेक कुरा भनिरहन्छन् त?   

देश अहिले कोरोनासँग लडिरहेको छ। कोरोनाको लडाईंका कमान्डर उनै ओली छन्। तर, उनले कोरोनाका विषयमा दिएका हरेक अभिव्यक्ति विवादास्पद भएका छन्। उनी विवादास्पद अभिव्यक्तिलाई सच्चाउने होइन, गलत तर्कबाट पुष्टि गर्ने जमर्को एकपछि अर्को गर्दै आएका छन्। 

क्वारेन्टाइनमा बन्दोवस्ती राम्रो नहुँदा जनताले ज्यान गुमाइरहेका छन्। संक्रमितको ज्यान गएपछि परीक्षण हुने र रिपोर्ट आउने दर्दनाक अवस्था छ। तर, कमाण्डर ओलीले मानव सभ्यताकै लागि खतरा बनेर देखिएको कोरोनालाई लर्कारेर भनिदिन्छन्– यो रुघाखोकी जस्तो हो, तातोपानी खानुपर्छ, हाच्छ्युँ गरिदिनु पर्छ। उडाइदिनु पर्छ।

विश्वभरका वैज्ञानिक कोरोनाबाट पार पाउन भ्याक्सिन पत्ता लगाउन खटिएका छन्। ६ महिनाभन्दा लामो समयसम्म गरिएका अनुसन्धान सफल हुन सकेको छैन। तर, हाम्रा प्रधानमन्त्री कोरोनालाई कहिले बेसारले ठिक पार्छ भन्छन्, कहिले हिमालको हावाले ठिक हुन्छ भन्छन्। 

जबकी कोरोनाबारे जानकारहरुले नै प्रधानमन्त्रीका अभिव्यक्तिमा सत्यता नरहेको बताइरहेका छन्। तर, प्रधानमन्त्री विज्ञका कुरा सुन्दैनन्, मान्न तयार देखिँदैनन्। बरु उखान मिसिएका तथ्यहीन तर्क प्रस्तुत गरेर आफ्नो बोलीलाई ढुंगाको अक्षरका रुपमा पुष्टि गर्न खोज्छन्। 

एकपटक बुझाइका कारणले गलत बोल्न सकिन्छ। त्यो ठूलो विषय होइन। तर, गलत कुरा बारम्बार दोहोर्‍याएर झुट लाद्ने प्रयासलाई भने सामान्यरुपमा लिन सकिँदैन। जुन अहिले ओलीले गरिरहेका छन्। 

अहिले प्रधानमन्त्रीले कोरोनाबारे टिप्स दिने होइन, उनले क्वारेन्टाइन, उपचार र पर्याप्त स्वास्थ्य सामाग्रीको प्रबन्ध हुने व्यवस्था मिलाउने हो। कोरोनाबाट सबै क्षेत्रमा सिर्जित समस्या हल गर्न ध्यान दिने हो। जसले जनताको स्वास्थ्य राम्रो होस्, अर्थतन्त्रको स्वास्थ्य राम्रो होस्। र देशले कोरोनाले दिएको पीडा भुलाेस्।   

तर, यी सबै कुरामा अनियमितताका एकपछि अर्को समाचार आइरहँदा प्रधानमन्त्रीको ध्यान गएको छैन। बरु प्रश्न सोध्नेहरु माथि नै प्रतिशोध साँध्नेगरी औँला उठाउन व्यस्त छन्। 

तथ्य र तथ्यांक उनले हेर्छन् वा हेर्दैनन्? एकपटक गलत विषय बोल्दा आएका प्रतिक्रियाबारे सल्लाहकार समूहले जानकारी गराउँछन् कि गराउँदैन? वा प्रधानमन्त्रीले टेर्दैनन्। जे होस्, देशको प्रधानमन्त्रीले यसरी गलत तथ्यलाई पुष्टि गर्न खोज्नु राम्रो होइन। गल्ती एकपटक हुन्छ, त्यसलाई सच्चाउनु नै सबैभन्दा उचित विकल्प हो। यसरी झुटलाई सत्य बनाउन भ्रम फिजाउँनु राम्रो होइन। प्रधानमन्त्रीले यही गल्तीलाई बारम्बार दोहोर्‍याउँदा उनी आलोचना र ट्रोलको शिकार बनेका छन्।   

मानिसको जीवन र मरणसँग जोडिएको विषयमा प्रधानमन्त्रीको पदबाट हुने यस्तो अफावह सैह्य हुँदैन । कृपया, शान्त भइदिनुस् !

काेराेनाबारे प्रधान्मन्त्रीका ८ झुट

झुट १ : कोरोना भाइरस आफैँमा निर्जीव तत्व हो। त्यसैले मार्न सकिँदैन। 
झुट २ : तातो पानीले हात धोए भाइरसबाट बच्न सकिन्छ। भाइरसलाई मार्न तातो पानी खाने, बाफ लिने गर्नुपर्छ।
झुट ३ : कोरोनाबाट बच्न मास्कसँगै चस्मा लगानु पर्छ। किनकी भाइरस मुखपछि आँखाबाट चाँडो सर्छ। नाकबाट सर्ने जोखिम कम हुन्छ। 
झुट ४ : कोरोनाबाट बच्न आइसक्रिमलगायत चिसो पदार्थ खान हुँदैन। 
झुट ५ : लसुन, अदुवा र बेसारको प्रयोगले रोग प्रतिरोध क्षमता बढाउँछ। नेपालीहरु हिमालमा ठोकिएको चिसो हावामा स्वास फेर्छौ। त्यसैले भाइरसले केही गर्न सक्दैन।
झुट ६ : कोरोना रुघाखोकी जस्तो हो। तातोपानी खानुपर्छ, हाच्छ्युँ गर्नुपर्छ, उडाइदिनुपर्छ। 
झुट ७ : बेसार सबैका लागि राम्रो होइन। रक्तअल्पता भएका व्यक्ति, गर्भवती महिला, जन्डिस भएका व्यक्ति र कुनै पनि अप्रेसन गर्नु अघि बेसार खान हुँदैन। 
झुट ८ : अहिले कोरोनाले मृत्यु भएका भनिएका सबै मानिस कोरोनाका कारणले मात्रै मरेका होइनन्। कोरोनाकै कारण २२ जनामा जम्मा २–३ जना मात्रै मरेका हुन्। 
 

प्रकाशित मिति: १९:३२ बजे, शुक्रबार, असार ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्