भारतमा भोलि दोस्रो चरणको निर्वाचन
नयाँदिल्ली, वैशाख ४ : भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन भोलि हुँदैछ।
बिहीबार १२ राज्यमा चुनाव हुन लागेको हो । जसमा तमिल नाडुका ३९, कर्ना....

नयाँदिल्ली, वैशाख ४ : भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन भोलि हुँदैछ।
बिहीबार १२ राज्यमा चुनाव हुन लागेको हो । जसमा तमिल नाडुका ३९, कर्नाटकाका १४, महराष्ट्रका १०, उत्तर प्रदेशका आठ, असाम, बिहार उडिसाका पाँच/पाँच, छत्तिसगढ र पश्चिम बंगालका तीन/तीन, जम्मु र कस्मिरका दुई, मनिपुर, त्रिपुरा र पडुचेरीका एक/एक निर्वाचन क्षेत्रमा चुनवा हुन लागेको हो।
यसका लागि सबै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । यहाँ ६७ लाख मतादाताले मतदान गर्ने छन्।
पहिलो चरणको चुनावमा पश्चिम बंगालका कूच बेहार र अलिपुरदुआर चुनाव क्षेत्रमा मतदान भएको थियो भने बाँकी ४० स्थानका लागि विभिन्न ६ चरणमा चुनाव हुँदैछ।
प्रकाशित मिति: १४:१२ बजे, बुधबार, वैशाख ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












