Kathmandu Press

सुनको भाऊ पाँच वर्ष यताकै महंगो, तोलाको ६१ हजार 

काठमाडौैं, माघ ३ : सुनको भाउ पाँचवर्ष यताकै महंगो भएको छ । विहिबार सुनको भाउ तोलाको ६१ हजार रुपैयाँ पुगेको छ । यो सुनको मूल्य पाँच वर्षयताकै उच्च....

सुनको भाऊ पाँच वर्ष यताकै महंगो, तोलाको ६१ हजार 
फाईल फोटो

काठमाडौैं, माघ ३ : सुनको भाउ पाँचवर्ष यताकै महंगो भएको छ । विहिबार सुनको भाउ तोलाको ६१ हजार रुपैयाँ पुगेको छ । यो सुनको मूल्य पाँच वर्षयताकै उच्च हो । यसअघि नेपालमा सुन सर्वाधिक महँगो हुँदा तोलाको ६२ हजार ५ सय रुपैयाँ सम्म पुगेको थियो । 

अमेरिकी अर्थतन्त्र खस्किँदै जानु, अमेरिकी डलर अन्तर्राष्ट्रिय बजारमा कमजोर हुँदै जानु लगायत कारण सुनको भाउ उच्च भएको हो । आज विहिबार तोलाको ६१ हजार रुपैयाँ पुगेको हो । त्यस्तैगरी तेजावी सुनको प्रति तोला ६० हजार ७ सय रुपैयाँ पुगेको छ । भने चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ । 

केही समयदेखि अमेरिकाको अर्थतन्त्रका साथै अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ खस्किँदै गएका कारण अमेरिकले सुनमा लगानी बढाउँदा सुनको भाउ उच्च हुँदै गएको हो । 

छिमेकी भारतको अर्थतन्त्र पनि ओरालो लागेका कारण भारतीय रुपैयाँ (भारु) डलरको दाँजोमा कमजोर हुँदै जाँदा सुनको भाउ बढ्न थप बल पुगेको बताइएको छ । 

भारतीय बजारमा हुने उतारचढावले भने नेपाली बजारमा सुनको भाउ तलमाथि हुने छ ।  हाल मुलुकमा दैनिक २० किलोबराबर सुन बिक्री हुने गरेको छ । सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंक वा उसले तोकेका अन्य ‘क’ वर्गका वाणिज्य बैंकबाट दैनिक २० किलोसम्म सुन खरिद गर्न पाउँछन् । 

गत मंसिर २५ मा तोलाको ६० हजार रुपैयाँ पुगेको सुनको भाउ त्यसअघि कात्तिक २० गते पनि तोलाको ६० हजार र कात्तिक ८ गते ६० हजार ४ सय रुपैयाँसम्म पुगेको थियो । 

प्रकाशित मिति: १४:०६ बजे, बिहीबार, माघ ३, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्