Kathmandu Press

मुगुका तीन ठाउँंमा रारा भिलेज रिसोर्ट सञ्चालनमा ल्याइने 

काठमाडौं, वैशाख ३  : मुगुका तीन ठाउँंहरुमा रारा भिलेज रिसोर्ट प्रालि सञ्चालनमा ल्याइने भएको छ। मुगुको विमानस्थल ताल्चा, त्यस नजिकको सल्लेरी र मुर्मा गरी तीन ....

मुगुका तीन ठाउँंमा रारा भिलेज रिसोर्ट सञ्चालनमा ल्याइने 

काठमाडौं, वैशाख ३  : मुगुका तीन ठाउँंहरुमा रारा भिलेज रिसोर्ट प्रालि सञ्चालनमा ल्याइने भएको छ। मुगुको विमानस्थल ताल्चा, त्यस नजिकको सल्लेरी र मुर्मा गरी तीन ठाउँंहरुमा रिसोर्ट सञ्चालनमा ल्याइन लागेको हो। 

रिसोर्ट भवनको वैैशाख ६ गते शुक्रबार शिलान्यास गर्ने कार्यक्रम छ। पहिलो चरणमा ताल्चा र सल्लेरीमा भवन शिलान्यास गर्न लागिएको छ भने दोस्रो  चरणमा मुर्मामा भवन निर्माणको शिलान्यास हुने जनाइएको छ। गोर्खा इको प्यानल (निर्माण सामाग्री) को प्रयोगबाट रिसोर्ट भवन निर्माण गर्न लागेको कम्पनीले जनाएको छ। 

कम्पनीका अध्यक्ष अनुपविक्रम शाहले हाललाई १० करोडको पूँजीमा रिसोर्ट सञ्चालनमा ल्याउन लागेको बताए। ताल्चामा २० कोठाको हलसहित र सल्लेरीमा १० कोठासहितको रिसोर्ट बनाउन लागेको अध्यक्ष शाहले बताए।  साथै मुर्मामा असोज महिनामा ३० कोठाको रिसोर्ट बनाउने अध्यक्ष साहले जानकारी दिए।  

अध्यक्ष साहले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको बताए। रिसोर्ट सञ्चालकमध्येका एक एवं गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले मुगु जस्तो विकट स्थानमा पनि वातावणमैत्री इको प्यानल प्रयोग गरी आकर्षक रिसोर्ट बनाउन सकिने उदाहरणका साथ रिसार्ट सञ्चालन गर्न लागेको बताए।
 

प्रकाशित मिति: १७:०७ बजे, मंगलबार, वैशाख ३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्