Kathmandu Press

थप एक जनामा कोराेना पुष्टि, संक्रमितको संख्या २४६

काठमाडौं, जेठ १ : कोरोना भाइरस संक्रमितको संख्या थपिएको छ। बिहीबार मध्याह्न थप एक जनामा कोरोना संक्र

थप एक जनामा कोराेना पुष्टि, संक्रमितको संख्या २४६

काठमाडौं, जेठ १ : कोरोना भाइरस संक्रमितको संख्या थपिएको छ। बिहीबार मध्याह्न थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भरतपुर अस्पताल कोडिभ १९ को प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीको देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुषमा कोरोना देखिएको हो।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिकुमार अधिकारीका अनुसार, उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। स्वास्थ्यकर्मीले निगरानी गररहेको जनाएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ४६ पुगेको छ। अहिलेसम्म ३५ जना निको भएर घर फर्केका छन्।

 

प्रकाशित मिति: १२:४५ बजे, बिहीबार, जेठ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्