कोरोना संक्रमणको संख्या २४५ पुग्यो*
काठमाडौं, जेठ १ : नेपालमा संक्रमितको संख्या दुई सय ४५ पुगेको छ। आज बिहान दुई जनामा संक्रमण पुष्टि भए

काठमाडौं, जेठ १ : नेपालमा संक्रमितको संख्या दुई सय ४५ पुगेको छ। आज बिहान दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
स्वास्थ्य मन्त्रालयले थप पाँच जनामा संक्रमण भएकाे जनाएकाे थियाे। तर अहिले विज्ञप्ति जारी गरेर थपिएका भनिएका संक्रमितकाे दाेहाेराे रिपाेर्टिङ भएकाे जनाएकाे छ। जसले गर्दा संक्रमितकाे संख्या दुई ४५ नै रहेकाे ५।
यसअघि आज बिहान काठमाडौंकाे चन्द्रागिरीका ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना पुष्टि भएको थियो ।
*स्वास्थ्य मन्त्रालयले पाँच जनाकाे दाेहाेराे रिपाेर्टिङ भएकाे जनाउँदै आज दुई जना मात्रै थपिएकाे जनाएकाले सच्याइएकाे छ।
प्रकाशित मिति: ०८:१५ बजे, बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











