Kathmandu Press

कपिलवस्तुमा थप एक युवकमा कोरोना संक्रमण, नेपालमा काेराेना संक्रमितको संख्या २१९

काठमाडौं, वैशाख ३१ : कपिलवस्तुमा थप एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। योसँगै कोरो

काठमाडौं, वैशाख ३१ : कपिलवस्तुमा थप एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या दुई १९ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

यस अघि धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ८ का ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनको पनि स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

बुधबार थपिएका दुई जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय १९ पुगेको छ। यसमध्ये ३३ जना निको भइसकेका छन्।

 

प्रकाशित मिति: १४:०७ बजे, बुधबार, वैशाख ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्