नेकपा नेता भीम रावलका सुरक्षाकर्मीमा कोरोनाको संक्रमण
काठमाडौं, वैशाख ३१ : पूर्वगृहमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य भीमबहादुर रावलको सुरक्ष

काठमाडौं, वैशाख ३१ : पूर्वगृहमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य भीमबहादुर रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको छ।
मंगलबार भक्तपुरमा कोरोनाको संक्रमण पुष्टि भएका दुईमध्ये एक जना २७ वर्षीय पुरुष सशस्त्र प्रहरी जवान रहेको खुलेको हो। रामेछाप स्थायी घर भएका ती प्रहरी जवान भक्तपुरको दुवाकोटामा बस्दै आएका छन्।
रावलको घरमा सुरक्षार्थ खटिएका उनी वैशाख २ गते श्रीमती बिरामी भएपछि उपचारका लागि काठमाडौंबाट तराई गएर फर्किएका थिए।
जिल्ला प्रशासनले दिएको पासबाट काठमाडौं छिरेपछि उनको स्वास्थ्य परीक्षण गरिएको थियो। सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत ती सशस्त्र प्रहरी जवानलाई टेकु अस्पतालमा भर्ना गरिएको छ।
प्रकाशित मिति: ०९:२३ बजे, बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











