नेपालमा एकैदिन २४ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या १३४ पुग्यो
काठमाडौं, वैशाख २९ : नेपालमा एकैदिन २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

काठमाडौं, वैशाख २९ : नेपालमा एकैदिन २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।
जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुका १६, रुपन्देहीका ६ र बर्दियाका एक जना तथा धरानको वीपी स्वास्थ्य प्रतिष्ठानमा सप्तरीका एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।
सोमबार साँझ गरिएको परीक्षणमा कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका–७ का १५, १९, २३, ३०, २३ ३८ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको सहप्रवक्ता अधिकारीले बताए।
यसैगरी, रुपन्देहीको समरीमाई गाउँपाललिका-७ र लुम्बिनी संस्कृतिक गाउँपालिका- ६ का २४, २६, २७, ३०, २३ र ४० वर्षीय पुरुषमा तथा बर्दिया राजापुर–५ निवासी ११ वर्षीया बालिकामा कोरोनाको संक्रमण पुष्टि भएको सहप्रवक्ता अधिकारले बताए।
यसअघि सोमबार बिहान कपिलवस्तुको यशोधरा गाउँपालिका– ५ र बुद्धभूमि नगरपालिका– ७ र १० का १८, १९, २०–२०, २४, ३०, ३१, ३४–३४ र एक जना उमेर नखुलेका पुरुष गरी १० जना तथा सप्तरीको डाक्नेश्वरी नगरपालिका– ३ का १८ वर्षीय युवक गरी ११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १३४ पुगेको छ।











