तारेकश्वरमा खानेपानी ट्यांकीको शिलान्यास
काठमाडौं, वैशाख ३ : खानेपानीमन्त्री बिना मगरले मंगलबार तारकेश्वर नगरपालिकाको घट्टेपाखामा खानेपानी ट्यांकीको शिलान्यास गरेकी छन्।
शिलान्यास क....

काठमाडौं, वैशाख ३ : खानेपानीमन्त्री बिना मगरले मंगलबार तारकेश्वर नगरपालिकाको घट्टेपाखामा खानेपानी ट्यांकीको शिलान्यास गरेकी छन्।
शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री मगरले सबै नागरिकलाई प्रशोधित खानेपानीको व्यवस्था गर्न मन्त्रालय योजनाबद्ध रुपमा अघि बढिरहेको बताइन् । सन् २०३० सम्म सबै नागरिकलाई प्रशोधित खानेपानी पुर्याइने उनको भनाइ थियो । ‘सन् २०३० सम्म सबै नागरिकलाई प्रशोधित खानेपानी पुर्याउन योजना बनाएर अघि बढिरहेका छौं,’ उनले भनिन्।
जनसहभागितामा खानेपानी आयोजना अघि बढाइएको उनको भनाइ थियो । जसमा सरकारले ७० प्रतिशत र उपभोक्ताले ३० प्रतिशत व्यहोर्ने गरी काम हुने उनले बताइन् ।
घट्टेपाखामा शिलान्यास गरिएको पानी ट्यांकी ५० लाखमा निर्माण हुने छ । यसमा दुई लाख २० हजार लिटर पानी अटाउने छ । तारकेश्वरका अन्य गाउँमा पनि पाँच वटा ट्यांकी निर्माण गरिने भएको छ।










