Kathmandu Press

कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, वैशाख २९ :  नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोनाको संक्रमण पुष्टि
फाइल

काठमाडौं, वैशाख २९ :  नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु र रुपन्देहीका ६–६ जना र बर्दियामा एक जनामा गरी थप १३ जनामा कोरोनाको  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। 

कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका–७ का १५, १९, २३, ३०, २३  ३८ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको सहप्रवक्ता अधिकारीले बताए।

यसैगरी, रुपन्देहीको समरीमाई गाउँपाललिका ७ र लुम्बिनी संस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, २३ र ४० वर्षीय पुरुषमा तथा बर्दिया राजापुर–५ निवासी ११ वर्षीया बालिकामा कोरोनाको संक्रमण पुष्टि भएको सहप्रवक्ता अधिकारले बताए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १३४ पुगेको छ। यसअघि सोमबार बिहान कपिलवस्तुको यशोधरा गाउँपालिका– ५ र बुद्धभूमि नगरपालिका– ७ र १० का १० तथा सप्तरीको डाक्नेश्वरी नगरपालिका– ३ का १८ वर्षीय युवक गरी ११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। 


 

प्रकाशित मिति: १९:२६ बजे, सोमबार, वैशाख २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्