Kathmandu Press

कपिलवस्तुमा थप १० जनामा काेराेनाकाे संक्रमण, संक्रमितकाे संख्या १२० पुग्याे

काठमाडौं, वैशाख २९ : कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा को

कपिलवस्तुमा थप १० जनामा काेराेनाकाे संक्रमण, संक्रमितकाे संख्या १२० पुग्याे

काठमाडौं, वैशाख २९ : कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ ।

सोमबार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए  । 

पुष्टि भएका १० संक्रमित कपिलवस्तु जिल्ला यशोधरा गाउँपालिका वडा नं ५ र बुद्धभूमी नगरपालिका वडा नं ७ र १० निवासी रहेका छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सको निगरानीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: ०८:५१ बजे, सोमबार, वैशाख २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्