Kathmandu Press

भारतको दादागिरी र चीनको न्यानो सहयोगविरुद्ध लडौं : गगन थापा

काठमाडौं, वैशाख २८ : नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाली कांग्रेस र नेपाली जनता भारतको दाद

भारतको दादागिरी र चीनको न्यानो सहयोगविरुद्ध लडौं : गगन थापा

काठमाडौं, वैशाख २८ : नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाली कांग्रेस र नेपाली जनता भारतको दादागिरी र चीनको न्यानो सहयोगका विरुद्ध लड्न तयार गरेको बताएका छन्। आइतबार बसेको प्रतिनिधीसभाको बैठककमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएको वक्तव्यमा प्रश्न गर्दै थापाले चीन र भारतका विरुद्धमा लड्न आफुहरु तयार रहेको बताएका छन्।

उनले उपप्रधानमन्त्री ईश्वर पोखरेलले लिपुलेक क्षेत्रको भ्रमण गरको भन्दै त्यो तीर्थ यात्रा मात्रै थियो? भन्दै प्रश्न गरेका छन्। ‘यदी तीर्थयात्रा थिएन भने सरकारलाई के भन्नुभयो र सरकारले के गर्यो?,’ उनले भने, ‘हाम्रो भूमी प्रयोग गर्न दिँदैनौं र एक इन्च पनि तलमाथि भयो नेपाली जनताले छाड्नेवाला छैनन्।’ उनले सबै उपाय अलम्बन गरेर अतिक्रमित भूमी फिर्ता ल्याउनुपर्ने बताए। उनले प्रतिपक्षी दलले सरकारलाई सहयोग गर्न तयार रहेको बताए।

प्रकाशित मिति: ११:४८ बजे, आइतबार, वैशाख २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्