उदयपुरमा थप १ जनामा कोरोना, संक्रमितको संख्या ११० पुग्यो
काठमाडौं, वैशाख २६ : उदयपुरको भुल्केमा थप एकजना महिलामा कोरोनाभाइरस पोजेटिभ देखिएको छ ।

काठमाडौं, वैशाख २६ : उदयपुरको भुल्केमा थप एकजना महिलामा कोरोनाभाइरस पोजेटिभ देखिएको छ ।
शनिबार विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो। उदयपुरको सोही क्षेत्रमा आजै बिहान मात्रै तीनजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो। संक्रमित सबैलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ।
प्रकाशित मिति: २०:५८ बजे, शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











