Kathmandu Press

भारतले नेपाली भू-भागमा सडक बनाएकोप्रति नेपालको आपत्ति

काठमाडौं, वैशाख २७ : नेपालले आफ्नो भू-भागमा भारतले सडक बनाएकोप्रति आपत्ति जनाएको छ। 

भारतले नेपाली भू-भागमा सडक बनाएकोप्रति नेपालको आपत्ति

काठमाडौं, वैशाख २७ : नेपालले आफ्नो भू-भागमा भारतले सडक बनाएकोप्रति आपत्ति जनाएको छ। 

शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी भारतले नेपाली भू-भाग लिपुलेक हुँदै तिब्बतको मानसरोबर जोड्ने सडक बनाएकोप्रति आपत्ति जनाएको हो। भारतले एकतर्फी रूपमा नेपालको भूभागमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडकको शुक्रबार उद्घाटन गरेको थियो। 

परराष्ट्र मन्त्रालयले भारतको उक्त कदम सीमा विवाद सम्वादबाट हल गर्ने दुई देशका प्रधानमन्त्रीको सहमति विपरीत भएको पनि उल्लेख गरेको छ।  ‘नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न नेपाल सरकार भारत सरकारलाई आग्रह गर्दछ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

परराष्ट्र मन्त्रालयले सुगौली सन्धि अनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित महाकाली नदीको पूर्वक्षेत्र नेपाली भू-भाग भएको प्रष्ट भएको पनि बताएको छ। 

हेर्नुस् विज्ञप्ति :

प्रकाशित मिति: १५:२८ बजे, शनिबार, वैशाख २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्