काठमाडौंबाट गएको बस खोटाङमा दुर्घटना, एकको मृत्यु, १४ गम्भीर घाइते
खोटाङ, वैशाख ३ : काठमाडौंबाट खोटाङको दिक्तेल गएको बस हेलसीमा दुर्घटना भएको छ । दुर्घटनामा एकको मृत्यु भएको छ भने १४ जना गम्भीर घाइते भएका छन।
<....
खोटाङ, वैशाख ३ : काठमाडौंबाट खोटाङको दिक्तेल गएको बस हेलसीमा दुर्घटना भएको छ । दुर्घटनामा एकको मृत्यु भएको छ भने १४ जना गम्भीर घाइते भएका छन।
काठमाडौंबाट गएको ना ४ ख ७४११ नं.को हिजो राति हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना भएको हो।
दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई उचपारका लागि दिक्तेल अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा १४ जना घाइते भएका छन् । उनीहरूमध्इे सात जनालाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको छ।
अन्य ६ जनाको दिक्तेलस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बसमा चालकसहित १५ जना सवार थिए।
बस सडकबाट चिप्लिएर २० मिटर तल झरेको प्रहरीले जनाएको छ । सहचालक ओत हाल्न होर्लिएकाले दुर्घटनामा जोगिएका हुन् । बसमा रहेका चालक सहित १४ जना घाइते भएका हुन्।












