Kathmandu Press

हस्ताक्षर गर्न नमान्ने सांसदलाई बालुवाटारको धम्की, प्रधानमन्त्रीसँग टक्कर नलिन चेतावनी 

काठमाडौं, वैशाख १९ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शक्ति संघर्षको टक्कर चलिरहँदा

हस्ताक्षर गर्न नमान्ने सांसदलाई बालुवाटारको धम्की, प्रधानमन्त्रीसँग टक्कर नलिन चेतावनी 

काठमाडौं, वैशाख १९ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शक्ति संघर्षको टक्कर चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरुले सांसदलाई हस्ताक्षर गर्न दबाब दिन थालेको खुलासा भएको छ।

गत साता सरकारले पार्टी विभाजन गर्न सहज हुने गरी अध्यादेश ल्याएपछि चुलिएको विवाद सांसदको हस्ताक्षर गराउने अवस्थासम्म पुगेको छ। खासगरी प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत जुटाउन सांसदहरुको हस्ताक्षर संकलन गरिरहेका छन्।

Hardik ivf

स्रोतका संसदीय दलमा आफ्नो बहुमत जुटाउन बुधबारबाट सुरु भएको हस्ताक्षर अभियान शुक्रबारसम्म जारी छ। तर, प्रतिनिधिसभामा बहुमत जुटाउन असफल बनेपछि ओली राष्ट्रियसभाका सांसदहरुलाई समेत हस्ताक्षर गर्न दबाब दिएका छन्।

राष्ट्रियसभाकी सांसद शारदा भट्टलाई बालुवाटारले हस्ताक्षर गर्न नमानेपछि धम्की समेत दिएको छ। शुक्रबार अपरान्ह ४ बजेर ४ मिनेट जाँदा भट्टलाई ओली निकट केन्द्रीय सदस्य गौरी ओलीले हस्ताक्षर गर्न नमानेको भन्दै धम्की दिएका हुन्।

‘मलाई उहाँ (गौरी ओली)ले बालुवाटार आएर हस्ताक्षर गर्न भन्नुभयो। तर मैले आउँदिन र हस्ताक्षर गर्दिनँ भने,’ भट्टले काठमाडौंप्रेससँग भनिन्, ‘म राष्ट्रियसभाको सदस्य हुँ। म कोही नेतालाई बलियो बनाउने र कमजोर बनाउने खेलमा छैन भन्दा मलाई  धम्की दिइयो।’

उनका अनुसार ओलीले प्रधानमन्त्रीसँग तपाईंले टक्कर लिनु भयो नराम्रो हुन्छ भन्दै फोन राखेका थिए। ‘मैले हस्ताक्षर गर्न नमानेपछि उहाँले प्रधानमन्त्रीसँग टक्कर लिनुभयो, नराम्रो हुन्छ भन्नुभयो,’ उनले भनिन्, ‘मैले के हुन्छ भनेर सोधेँ, पदसमेत जान सक्छ भनेर चेतावनी दिनुभयो। मैले जे गर्नुहुन्छ गर्नुस्, म सहन्छु भनेकी हुँ।’

उनले देश कोरोना संकटबाट जुधिरहेको बेला पार्टीभित्र गञ्जगोल हुँदा चित्त नबुझेको बताइन्। उनले ओलीले चेतावनी दिएपछि स्थायी कमिटी सदस्य भीमबहादुर रावललाई समेत जानकारी गराएको बताइन्।  

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ओलीको विकल्प खोज्ने तयारी गरेका छन्। २० स्थायी कमिटी सदस्यले बैठकको माग गरेका छन्। यही अवस्थामा शनिबार सचिवालय बैठक समेत बस्दैछ। सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले आफ्ना पक्षमा बहुमत देखाउन सांसदलाई हस्ताक्षर गर्न दबाब दिन थालेका हुन्।

प्रकाशित मिति: २१:५३ बजे, शुक्रबार, वैशाख १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्