नेपालमा थप एक जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ४९ पुग्यो
काठमाडौं, वैशाख १२ : नेपालमा थप एक जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।
शुक्रबार

काठमाडौं, वैशाख १२ : नेपालमा थप एक जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।
शुक्रबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ६२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।
झापास्थित आइसोलेशनमा अस्पताल रहेका कोरोना संक्रमित पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४९ पुगेको छ। संक्रमितमध्ये १० जना भने निको भएर घर फर्किसकेका छन्।
प्रकाशित मिति: २०:३२ बजे, शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-1792762148.jpeg)





