दुवै अध्यादेश फिर्ता लिने सरकारको निर्णय
काठमाडौं, वैशाख १२ : सरकारले ल्याएका दुवै अध्यादेश फिर्ता हुने भएका छन्। आज बिहान बसेको मन्त्रिपरिषद

काठमाडौं, वैशाख १२ : सरकारले ल्याएका दुवै अध्यादेश फिर्ता हुने भएका छन्। आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ।
नेकपाभित्रै र प्रमुख प्रतिपक्षी कांग्रेसलगायत सबै राजनीतिक दलले व्यापक विरोध गरेपछि सरकार पछि हटेको हो।
राजनीतिक दल र नागरिक स्तरबाट चर्को विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक बैठक बोलाएका थिए। केहीवेर अघि सम्पन्न मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको हो।
सरकारले वैशाख ८ गते राजनीति दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो। राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन सजिलो हुने व्यवस्था गरिएको थियो भने संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलको नेता नहुँदा पनि निर्णय गर्न सकिने व्यवस्था संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा गरिएको थियो।
मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो। संविधानमा राष्ट्रपति अध्यादेश खारेज गर्ने व्यवस्था छ।





-1792762148.jpeg)





