एकैदिन थप तीन जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ४८ पुग्यो
काठमाडौं, वैशाख ११ : नेपालमा एकैदिन थप तीन जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।  

काठमाडौं, वैशाख ११ : नेपालमा एकैदिन थप तीन जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।
बिहीबार उदयपुरकी ५५ वर्षीया महिला, जनकपुरका १४ वर्षीया किशोर र भोजपुरका २६ वर्षीय युवकमा कोरोनाको संक्रमण भेटिएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएका संकलित नमूनाको परीक्षणमा उनीहरुमा कोरोनाको संक्रमण भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। योसँगै कोरोनाबाट नेपालमा संक्रमित हुनेको संख्या ४८ पुगेको छ।
संक्रमित ४८ मध्ये १० जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति: २१:०५ बजे, बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-1792762148.jpeg)





