कोरोना जितेर फर्किइन् कैलालीकी ५० वर्षीया महिला
कैलाली, वैशाख ११ : कोरोना संक्रमित कैलालीकी ५० वर्षीया महिला सेती प्रादेशिक अस्पतालबाट डि

कैलाली, वैशाख ११ : कोरोना संक्रमित कैलालीकी ५० वर्षीया महिला सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी छन्।
लम्कीचुहा नगरपालिका १ की ५० वर्षीया महिला बिहीबार डिस्चार्ज भएकी हुन्।
लगातार दुई पटकसम्म गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।
वीरगञ्जबाट कैलाली आएर क्वारेन्टाइन बसेकी महिलाको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो।
आजै पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।
प्रकाशित मिति: १८:४० बजे, बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-1792762148.jpeg)





