Kathmandu Press

नेपालमा थप दुई जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं, वैशाख ११ : नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। 

<
नेपालमा थप दुई जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं, वैशाख ११ : नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। 

बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीया बालकमा कोरोनाको संक्रमण भेटिएको जानकारी दिए।

प्रवक्ता डा. देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएका संकलित नमूनाको परीक्षणमा उनीहरुमा कोरोनाको संक्रमण भएको पुष्टि भएको हो। योसँगै कोरोनाबाट नेपालमा संक्रमित हुनेको संख्या ४७ पुगेको छ। 

संक्रमित ४७ मध्ये नाै जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 
 

प्रकाशित मिति: १६:२६ बजे, बिहीबार, वैशाख ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्