अन्तत : गले ओली, अध्यादेश फिर्ता लिइँदै
काठमाडौं, वैशाख ११ः प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार जारी गरेका दुई अध्यादेश फिर्ता लिने तयारी

काठमाडौं, वैशाख ११ः प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार जारी गरेका दुई अध्यादेश फिर्ता लिने तयारी गरेका छन्।
बिहीबार नेकपाका कार्यकारी अध्यक्षसँगको भेटवार्तापछि उनले अध्यादेश फिर्ता लिने तयारी गरेका हुन्। पार्टी भित्र र बाहिर अध्यादेशको चर्को आलोचना भएपछि ओली अध्यादेश फिर्ता लिने मनोस्थितीमा पुगेको बालुवाटार स्रोतले जानकारी दियो।
प्रचण्डले अध्यादेश फिर्ता लिन ओलीलाई आग्रह गरेका थिए। जवाफमा ओलीले गलत नियतले अध्यादेश नल्याएको बताउँदै फिर्ता लिन्छु भनेको स्रोतको दावी छ।
संविधानको धारा ११४ को १ (ख)मा अध्यादेश राष्ट्रपतिले जुनसुकै बेला खारेज गर्न सक्ने व्यवस्था छ। यही व्यवस्थामा टेकेर राष्ट्रपति भण्डारीले आजै अध्यादेश खारेज गर्ने सम्भावना छ।
प्रकाशित मिति: १३:१९ बजे, बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-1792762148.jpeg)





