Kathmandu Press

'जनता समाजवादी पार्टी' निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता

काठमाडौं, वैशाख ११ : ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ।

बिही

'जनता समाजवादी पार्टी' निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता
तस्बिर : रिवाज राई

काठमाडौं, वैशाख ११ : ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ।

बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो। दुई पार्टी एकतापछि दर्ता भएको पार्टीको निर्वाचन आयोगमा दर्ता नम्बर १३८८ छ।

दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको लिखित जानकारी दिएर दर्ता गराएका हुन्।

जनता पार्टीका नेता राजेन्द्र महतोले आफूहरुले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी प्रक्रिया कोरोनापछि पछि पूरा गर्ने जानकारी दिए।

बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएर नयाँ पार्टी ‘जनता समाजवादी पार्टी’ बनेकाे हो ।

प्रकाशित मिति: ११:५१ बजे, बिहीबार, वैशाख ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्