Kathmandu Press

लोकतन्त्र दिवसकै दिन सरकारबाट लोकतन्त्रमाथि आक्रमण भयो : महतो

काठमाडौं, वैशाख ११ : राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीका नेता

लोकतन्त्र दिवसकै दिन सरकारबाट लोकतन्त्रमाथि आक्रमण भयो : महतो
रिवाज राई

काठमाडौं, वैशाख ११ : राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले लामो संघर्षबाट ल्याएको लोकतन्त्र दिवसकै दिन सरकारबाट लोकतन्त्रमाथि आक्रमण भएको बताएका छन्।

बिहीबार पार्टी एकताको निवेदन दर्ता गर्न निर्वाचन आयोग पुगेका महतोले पत्रकारहरुसँग कुरा गर्दै सरकारको नेतृत्व गरेका व्यक्तिबाटै लोकतन्त्र कमजोर बनाउने खेल खेलिएको बताएका हुन्।

'हामी लोकतान्त्र दिवस मनाउँदै छौँ। सरकारबाटै लोकतन्त्रमाथि आक्रमण भएको छ। दलीय पद्धतीलाई कमजोर पार्ने भूमिका सरकारले खेलेको छ। संकट र अस्थितरता निम्याउने काम सरकारबाट हुनुभन्दा दुर्भाग्य के हुन्छ,' महतोले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएका दुई अध्यादेशले लोकतान्त्रिक पद्धतिलाई नै कमजोर पर्ने पनि महतोले बताए।

'केपी ओलीले लोकतन्त्रलाई कमजोर गर्ने, पार्टी पद्धति कमजोर गर्ने, देशमा अस्थिरता निम्याउने र निरकुशंता लाद्ने काम गरिरहेका छन्,' महतोले भने, 'जुन निरंकुशताविरुद्ध लड्यौँ, संघर्ष गर्‍यौँ। प्रतिपक्ष चाहिदैँ नचाहिने, जसलाई मन लाग्यो संवैधानिक नियुक्ती गर्ने, दल फुटाउने अध्यादेश ल्याउने। ओलीको कुर्ची जोगाउने खेल मात्रै हो।'

महतोले नयाँ दल जनता समाजवादी पार्टी गठनको सहमति पत्र दर्ता गराउन निर्वाचन आयोग आएको बताउँदै लगत्तै संसद सचिवालयमा पनि एकताको जानकारी गराउने बताए।

 

प्रकाशित मिति: ११:४१ बजे, बिहीबार, वैशाख ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्