Kathmandu Press

नयाँ दल दर्ताका लागि जनता समाजवादी पार्टीले दियाे निर्वाचन आयोगमा निवेदन

काठमाडौं, वैशाख ११ : गएराति राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरणपछि बनेको जनता समाजवादी

नयाँ दल दर्ताका लागि जनता समाजवादी पार्टीले दियाे निर्वाचन आयोगमा निवेदन
रिवाज राई

काठमाडौं, वैशाख ११ : गएराति राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरणपछि बनेको जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा निवेदन दिएको छ।

बुधबार बिहान कार्यालय खुल्ने बित्तिकै जनता समाजवादी पार्टीका नेताहरुले निर्वाचन आयोग कार्यालय पुगेर निवेदन दिएका हुन। उनीहरुले निवेदन दिएसँगै दर्ताको प्रक्रिया सुरु भएको छ।

दर्ताको निवेदन बोकेर जनता समाजवादी पार्टीका उपेन्द्र यादव, राजेन्द्र महतोलगायत नेताहरू निर्वाचन आयोगको कार्यालय पुगेका हुन्। निवेदन दिइसकेको र दल दर्ताको प्रक्रिया अघि बढेको जनता समाजवादी पार्टीका नेता वीरेन्द्रकुमार ठाकुरले बताए।

सरकारले राजनीतिक दल फुटाउन सजिलो हुने गरि अध्यादेश ल्याएपछि राजपा र समाजवादी पार्टी फुट्ने संघारमा पुगेका थिए। जसले गर्दा दुवै पार्टीले बुधबार मध्यराति एकीकरण गर्ने सहमति गरेका थिए।

 

प्रकाशित मिति: ११:०६ बजे, बिहीबार, वैशाख ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्