प्रधानमन्त्रीको योजनामै पूर्वस्वास्थ्य राज्यमन्त्री यादवको अपहरण गरिएको समाजवादी पार्टीको आरोप
काठमाडौं, बैशाख ९ : समाजवादी पार्टीले केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवक

काठमाडौं, बैशाख ९ : समाजवादी पार्टीले केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवको अपहरण भएको आरोप लगाएको छ। समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको योजना अनुसार यादवको अपहरण भएको आरोप लगाएको हो।
पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले पार्टी फुटाउने प्रयोजनका बुधबार साँझ ५ बजे यादवलाई प्रधानमन्त्री ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर काठमाडौंतिर ल्याएको आरोप लगाएका छन्।
‘आज वैशाख १० गते साँझ ५ बजे पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौंतिर लगेको छ,’ उनले भनेका छन्।
पाण्डेको ट्वीटमा कोटेट ट्वीट गर्दै अध्यक्ष डा. बाबुराम भट्टराईले भनेका छन्, 'ओलीतन्त्रको यो नांगो रूप ! धन्य कमाउनिष्ट कणहरू!' स्रोतका अनुसार यादवले बुधबार विहान सत्तापक्षका मानिसहरुले धम्की दिइरहेको भन्दै अध्यक्ष उपेन्द्र यादव र भट्टराईलाई फोन गरेका थिए। उनले सल्लाह मागेपछि अध्यक्षद्वयले नडराउन भनेको पाण्डेले काठमाडौंप्रेसलाई जानकारी दिए। तर, पाँच बजे अपहरण गरेर काठमाडौं ल्याइँदै गरेको पाण्डेको आरोप छ।
ओलीतन्त्रको यो नांगो रूप ! धन्य कमाउनिष्ट कणहरू! https://t.co/CJJqyJ2YzV
— Baburam Bhattarai (@brb1954) April 22, 2020





-1792762148.jpeg)





