Kathmandu Press

नेपालमा थप तीन जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ४५ पुग्यो

काठमाडौं, वैशाख १० :  नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

बुध

नेपालमा थप तीन जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ४५ पुग्यो
फाइल

काठमाडौं, वैशाख १० :  नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमूना परीक्षणमा २४, ६० र ७२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

उनका अनुसार कोरोना पुष्टि भएका तीनै जना क्वारेन्टाइनमा रहेको र उनीहरुलाई अस्पताल लैजाने तयारी भएको छ। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४५ पुगेको छ। 

यसअघि मंगलबार उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केमा एकै दिन ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। उदयपुरमा मात्रै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३ पुगेको छ। मंगलबार उदयपुरका १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ वर्षीय पुरुष, ३६ बर्षीय महिला र एक जना उमेर नखुलेको महिलामा कोरोनाको संक्रमण भेटिएको थियो। 

कोरोना संक्रमित ४५ मध्ये सात जना निको भएर घर फर्किसकेका छन् भने बाँकी अस्पतालमा उपचाररत रहेको डा. देवकोटाले जानकारी दिए। 

प्रकाशित मिति: १६:२९ बजे, बुधबार, वैशाख १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्